केही स्थानमा ठूलो पानी पर्ने सम्भावना


काठमाडाैं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। यसको प्रभावले देशभर आंशिक देखि साधारणतया बदली रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

यस्तै रातभर ठूलो पानी परेको काठमाडाैंमा बिहानैदेखि घाम चर्किएको छ । तर दिउँसोपख काठमाडाैंसहित धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको अवस्थामा केही ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

गएराति ठूलो पानी परेपछि काठमाडाैंसहित विभिन्न ठाउँका नदी खोलाहरुमा बाढी आएको छ । बाग्मती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोवीखोला, विष्णुमती, नख्खु, बल्खुखोला लगायत नदी खोलामा बाढी आएको हो । नदी आसपासका कतिपय बस्तीमा बाढी पसेको छ ।

यस्तै रुपन्देहीको तिनाउ, नवलपरासी र चितवनको नारायणी र सिन्धुपाल्चोकको कोशीमा अहिले नदीको सतहले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया