बागमतीसहित यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडाैं – हाल देशभर आंशिक देखि साधारणतया बदली रहने छ । यसको प्रभावले बागमती, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा वर्षा गराउने बादल विकसित भई पश्चिम दिशामा फैलने र सर्ने क्रममा रहेको र ती क्षेत्रमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

कहीँ भारी वर्षा कतै धेरै भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *