एकनाले भरूवा बन्दुकसहित दुई जना पक्राउ


डडेलधुरा – एकनाले भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

आलिताल गाउँपालिका-६ धिमडास्थित सडकबाट एकनाले भरूवा बन्दुक र सोही बन्दुकमा लाग्ने २ थान सिसाको गोली सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ फल्ले खर्क बस्ने ५१ वर्षीय बिर बहादुर कुँवर र ४३ वर्षीय कर्ण बहादुर कुँवर रहेका छन् । अस्थायी प्रहरी पोष्ट धिमडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया