सोमबार स्थगित भएका खेल शुक्रबार र शनिबार हुने

काठमाडाैं – कीर्तिपुरस्थित टियू मैदानमा जाई एभरेस्ट प्रियिमर लिग अन्तर्गत सोमबार वर्षाले मैदान हिलो भएपछि टस नै नभइ स्थगित भएका दुवै खेल अर्को दिन हुने भएको छ। आयोजक इपिएलले सोमबार नयाँ तालिका सार्वजनिक गर्दै स्थगित भएका खेल शुक्रबार र शनिबार हुने जनाएको छ।

वर्षका सोमबारका लागि तय भएका विराटनगर वारियर्स र काठमाडौं किंग्स तथा भैरहवा ग्लाडियर्टस र चितवन टाइगर्सबीचको खेल स्थगित भएको छ । इपिएल आयोजकले क्लबहरुको सहमतिमा स्थगित खलको नयाँ मिति तय गरेको हो।

नयाँ तालिका अनुसार विराटनगर र काठमाडौंबीचको खेल शनिबार हुने छ भने भैरहवा र चितवनबीचको खेल शनिबार हुनेछ । दुवै खेल बिहान ९ः३० बजे हुनेछ । यस्तै, आजका लागि तय भएको पोखरा राइनोज र काठमाडौं किंग्सबीचको खेल पनि स्थागित भए नयाँ मितिमा खेलिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *