प्रधानमन्त्री कप क्रिकेट : एपीएफ विजयी


काठमाडौं – प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) विजयी भएकाे छ । बुधबार  विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै  एपीएफले उपाधि जितेको हो ।

उत्कृष्ट बलिङ प्रदर्शन गरेको एपीएफले प्रधानमन्त्री कपको उपाधि जितेको यो दोस्रोपटक हो । यसअघि, दोस्रो संस्करणको उपाधि एपीएफले  नै जितेको थियो । गत संस्करणमा एपीएफ त्रिभुवन आर्मी क्लबसँग फाइनलमा पराजित भएको थियो ।

ट्वान्टी–२० स्वरूपमा भने एपीएफ पहिलो विजेता बनेको छ । यो प्रतियोगिता यसअघि एकदिवसीय स्वरूपमा हुँदै आएको थियो । दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरे पनि पुलिसलाई जिताउन सफल भएनन् । दीपेन्द्रसिंहले ६५ रन बनाउनुका साथै तीन विकेट लिएका थिए ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसका कप्तान मञ्जित श्रेष्ठले एपीएफविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । उनको निर्णय सही सावित भएको थियो । एपीएफका खेलाडीले कुनै पनि समय ठूलो साझेदारी गर्न सकेनन् । तर, एपीएफले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि विजयी नतिजा निकाल्न सफल भयो ।

प्रतिक्रिया