विदेशबाट नेपाल आउने यात्रुले खोप कार्ड देखाए पुग्ने


काठमाडाैं – सरकारले विदेशबाट नेपाल आउने यात्रुलाई कोरोनासम्बन्धी नयाँ आदेश जारी गरेको छ । कोरोना रोकथामका लागि यसअघि जारी भएका सबै प्रावधान खारेज गर्दै  नयाँ ट्राभल एड्भाइजरी लागू गरेको हो ।

अब विदेशबाट नेपाल आउने यात्रुले कोरोनाविरुद्धको खोप लगाएको कार्ड वा पीसीआर नेगेटिभ रिपोर्टमध्ये एउटा कागजात पेसदेखाएमा क्वरेण्टीन बस्न नपर्ने अध्यागमन विभागले जनाएकाे छ । मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा नयाँ नियम लागू भएको र यसले नेपाल आउनेहरूलाई निकै सहज हुने विभागकाे भनाइ छ।

सरकारको नयाँ नियममा वैदेशिक रोजगारीमा रहेर स्वदेश फर्कने नेपाली र पर्यटकलाई निकै सहज हुनेछ । यो नियम लागू भएसँगै नेपालमा पर्यटकको सङ्ख्या पनि बढ्ने अपेक्षा गरिएको व्यवसायीले जनाएका छन् ।

 

प्रतिक्रिया