कोरोना अपडेट: ८३ कोरोना संक्रमित, १३० संक्रमणमुक्त

काठमाडाैं – पछिल्लो २४ घण्टामा देशभर ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पीसीआर विधिबाट ५७ र एण्टीजेन विधिबाट २६ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

योसँगै कुल संक्रमितको संख्या  ११ लाख १७ हजार ९९४ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

आजै १३० जना निको भएकाे स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तिमा उल्लेख छ। हालसम्म नेपालमा ९ लाख ६१ हजार ३४८ जना संक्रमितहरु निको भएका छन्।

नेपालमा काेराेना संक्रमण निकाे हुने दर ९८.३ प्रतिशत रहेकाे छ। नेपालमा सक्रिय संक्रमित ४ हजार ७४६ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *