नियमित उडानका लागि ५ कम्पनी गौतम बुद्ध विमानस्थलकाे सम्पर्कमा


काठमाडाैं – भर्खरै निर्माण सम्पन्न भइ व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँच वायु सेना कम्पनी सम्पर्कमा आएका छन् ।

कुवेतको जजिरा, श्रीलङ्काको श्रीलङ्कन, नेपाल वायु सेवा निगम, कतार एअरवेज, थाइल्यान्डको थाई स्माइल वायु सेवा कम्पनी नियमित उडान–अवतरणका लागि सम्पर्कमा आएका प्राधिकरणले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गौतम बुद्ध विमानस्थलबाट चाँडो अन्तर्राष्ट्रिय उडान गराउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएसँगै कम्पनी सम्पर्कमा आएका हुन् ।

प्रतिक्रिया