‘मंगला देवी स्मृति राष्ट्रिय किक बक्सिङ’ : चैत २० गतेदेखि २४ सम्म हुने
काठमाडौं – नेशनल किक बक्सिङ एशोसियसन नेपालको आयोजनामा चैत २० देखि २४ गतेसम्म काठमाडौंमा मंगला देवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने भएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै किक बक्सिङ एशोसियसनले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा २ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा फूलकन्ट्याक्ट महिला/पुरुष, स्कोरीङ फाइट महिला/पुरुष तथा लाइट कन्ट्याक्ट महिला/पुरुषमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका लागि निरीक्षण गर्न लागि अन्तर्राष्ट्रियका पदाधिकारीहरु नेपाल आउने बताइएको छ । प्रतियोगिता सञ्चालन गर्न १० लाख ५० हजार बढी खर्च लाग्ने आयोजकले जनाएको छ ।