विश्वकै सबैभन्दा प्रदूषित सहर बन्याे काठमाडाैं


काठमाडाैं – विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको शहरहरुमा काठमाडाैं पुनः प्रदूषित सहर बनेको छ । काठमाडाैंमा अहिले वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ६२ रहेको छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ ।

विश्वका प्रदूषित सहरहरूको सूचीको दोस्रो नम्बरमा भारतको कोलकत्ता परेको छ । कोलकत्तामा वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ५९ रहेको छ । एक्यूआई एक सय ५३ रहेको बङ्गलादेशको ढाका विश्वमा वायु प्रदूषण बढी रहेको देशको सूचीमा तेस्रो नम्बरमा छ ।

नेपालको  काठमाडाैं गत वर्ष पनि सबैभन्दा बढी वायु प्रदुषण भएकाे शहर बनेकाे थियाे । पोखरा, सिमरा, भरतपुर, धनकुटालगायतका ठाउँमा पनि वायु प्रदूषण मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको छ ।

प्रतिक्रिया