ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु


ललितपुर – ललितपुर महांकाल गाउँपालिका-१ बुखेल रातो पहिरोस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको ज्यान गएको छ।

मंगलबार बिहान १०ः४५ बजेको बुखेलबाट गोटीखेलतर्फ जाँदै गरेको बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको हो ।

दुर्घटनामा मोटरसाइकल चालक ललितपुरकै बाग्मती गाउँपालिका ७ घर भई हाल ललितपुर महांकाल गाउँपालिका १ बुखेल बस्ने ३५ वर्षीय विष्णु प्रसाद फुयाल र पछाडि सवार उनको ३४ वर्षीय सृजना फुयालको घटनास्थलमै मृत्यु भएको हो ।

उनीहरुका ५ वर्षीया छोरी सृजला फुयाल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि पाटन अस्पताल ल्याइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया