तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

सोमबार तोलाको १ लाख ८ हजार रुपैयाँ रहेको सुनको मूल्य आज (मंगलबार) १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *