पार्किङ शुल्कको विरोधमा त्रिभुवन विमानस्थलमा ट्याक्सी चालकले गरे हड्ताल
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ट्याक्सी पार्किङ शुल्कको विरोधमा आज (मंगलबार) त्यस क्षेत्रमा ट्याक्सी चालकले सेवा बन्द (हड्ताल) गरेका छन् ।
त्रिभुवन विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिंदै आएकोमा अहिले ८० रुपैयाँ पुर्याइएको र १०० रुपैयाँ पुर्याउने धम्की दिइएको भन्दै ट्याक्सी चालकहरुले आज त्यस क्षेत्रमा सेवा बन्द गरी विरोध जनाएका हुन् ।
यसअघि मंसिर १३ मा पनि उनीहरुले विमानस्थलको गेट अगाडि बसेर विरोध प्रदर्शन गरेका थिए। अन्यत्र भने ट्याक्सी सुचारु रुपमा सञ्चालन भईरहेको छ ।
विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । त्यहाँ पार्किङ गर्ने अन्य सवारी साधनका धनीहरुले पनि महँगो शुल्क तिर्नु परेको गुनासो गर्दै आएका छन् ।