लागुऔषधसहित विभिन्न स्थानबाट आठजना पक्राउ


काठमाडौं – प्रहरीले लागुऔषधि विभिन्न स्थानबाट ८ जनाले पक्राउ गरेको छ। सर्लाही,मोरङ,कैलाली,पर्सा र बारामा लागुऔषधिसहित ८ जना पक्राउ परेका हुन्। सर्लाही,बरहथवा नगरपालिका-७ वनटोल बस्ने ६८ वर्षीय परीक्षण पण्डितलाई अवैध लागूऔषध गाँजा ४ सय ८० ग्रामसहित पक्राउ परेका छन्।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले घरभित्र लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यसैगरी सर्लाही,लालबन्दी नगरपालिका-१२ जियाजोर जाने बाटो नजिकबाट अवैध लागुऔषध गाँजा करिब ९ केजीसहित सोही नगरपालिका-१४ बस्ने २५ वर्षीय वीरबहादुर गोलेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले बा।५० प २९९८ नम्बरको मोटरसाइकल चालक गोलेलाई गाँजासहित पक्राउ गरेको हो।

मोरङ, उर्लाबारी नगरपालिका-३ केर्खाली चोक बस्ने १९ वर्षीय विश्वास धिमाल समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब २१ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले धिमालको घरबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कैलाली,गोदावरी नगरपालिका-५ गेटाबाट अवैध लागूऔषध अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८३० मिलिग्राम, प्रोक्सिब्यान्ड स्पास नामक ट्याब्लेट १६ थानसहित सोही नगरपालिका(७ बस्ने २८ वर्षीय पदम साउँद समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पर्सा, वीरगंज महानगरपालिका-१५ प्रतिमा चोकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ९० ट्याब्लेट, एकसय एमएलको वानरेक्स ५ बोतल र लागुऔषध चरेस जस्तो देखिने खैरो पदार्थ ८० ग्रामसहित मकवानपुर हेटौंडा उपमहनागरपालिका-११ का ३१ वर्षीय बिकी विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना .७ प ६८१४ नम्बरको मोटरसाइकल चालक बिकलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

बारा, सिम्रौनगढ नगरपालिका-१ ढाटटोलाबाट अवैध लागुऔषध गाँजा ३० केजी प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिहरूले उक्त लागुऔषध फाली फरार भएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया