नयाँ वर्षमा नमिताको ‘चाइने जो रेलिमाइ’ सार्वजनिक


काठमाडौं – नयाँ वर्षको आरम्भसँगै ‘चाइने जो रेलिमै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। लोकपप शैलीको ‘डान्सिङ’ गीतका रुपमा बजारमा ल्याइएको गीतमा शब्द र संगीत पछिल्लो समय चर्चामा रहेका गीतकार तथा संगीतकार भीम बिसीको रहेको छ।

कर्णप्रियतासँगै उमंग जगाउने शैलीको गीतमा आवाज दिएका छन् दिपेश श्रेष्ठ र अस्मिता अधिकारीले। राइराम पिक्चर युट्युबमार्फच रिलिज गरिएको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन्।

गीतमा चर्चित रियालिटी शो कमेडी च्याम्पियन प्रस्तोता रिमा विश्वकर्माले बिजु पार्कीसँग अनस्क्रिन रोमान्स गरेकी छन्। हेर्दा आकर्षक र सुन्दा फिल्मी शैलीको लाग्ने यो गीतको कोरियोग्राफी टिकटकमा डान्समार्फत चर्चित सन्जय विश्वकर्माले गरेका हुन्। उनलाई म्युजिक भिडियोमा कोरियोग्राफी गर्ने अवसर निर्देशक बिजी आग्रीले जुराएका हुन् ।

सुन्दर परिवेशमा तयार पारिएको भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् । भिडियोको सम्पादन तथा रंग संयोजन सम्पादक टेकेन शाहले गरेका हुन्। प्रवासमा बसेर पनि नेपाली कला, संस्कृति र पहिचानलाई माया गर्ने गायक दिपेश श्रेष्ठले यसअघि पनि ‘उडी उडी’ बोलको गीतमा आवाज दिएका थिए।

हाल थाइल्याण्डमा बस्दै आएका श्रेष्ठ नेपाली गीत, संगीतलाई विदेशी भूमीमा पनि विस्तार र प्रचार गर्ने कार्यमा लागिरहेका छन्। युगल स्वरमा ल्याइएको गीतको भिडियो निर्माता नमिता शर्मा हुन् ।

मेकअप आर्टिस्ट मात्रै नभएर कुनै समय फिल्म निर्मातासमेत रहेकी शर्माले ‘चाइने जो रेलिमाइ’लाई दर्शक स्रोतामाझ कुशलतापूवर्क पस्कन महत्वपूर्ण भूमिका निभाएकी छन्। आफू र दिपेश श्रेष्ठ मिलेर निकट भविश्यमै पुनः चलचित्र निर्माण गर्ने योजना पनि उनले बुनेकी छन्।

भिडियो:

प्रतिक्रिया