मनाङका मुख्य प्रशिक्षक श्रेष्ठले दिए राजीनामा

काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबका मुख्य प्रशिक्षक किरण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङले जारी लिगमा क्लब इतिहासकै खराव प्रदर्शन गरेपछि श्रेष्ठले सोमबार व्यक्तिगत कारण देखाएर मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् ।

मनाङले जारी सहिद लिगका लागि नै उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । उनको नेतृत्वमा पहिलो ७ खेलमा क्लबले राम्रै प्रदर्शन गरेको थियो, तर पछिल्लो ६ खेल लगातार हार व्यहोरेपछि उनी दबाबमा थिए । हाल मनाङ पहिलो लेगको समाप्तीमा १५ अंकका साथ १०औं स्थानमा छ ।

मनाङ पछिल्लो खेलमा चर्च ब्वाइज युनाइटेड क्लबसँग ३-० ले पराजित भएको थियो । यसअघि सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब, त्रिभुवन आर्मी क्लब, एफसी खुमलटार र नेपाल पुलिस क्लबसँग लगातार हार व्यहारेको थियो । यो मनाङको लिगमा अहिले सम्मकै खराब प्रदर्शन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *