कोरोना भाइरस : थप ५५ जनामा संक्रमण पुष्टि, ५३ निको
काठमाडौं – मंगलबार थप ५५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ७१८ जनाको नमुना परीक्षणबाट सो संख्यामा संक्रमण देखिएको हो ।
त्यस्तै, आज ५३ जना निको भएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या २५२ रहेको छ ।
गएको २४ घण्टामा २ हजार ४७७ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयको जारी बुलेटिनमा उल्लेख छ ।