फेवाताल किनारको रत्न मन्दिर सर्वसाधारणका लागि खुला


पोखरा – फेवाताल किनारमा रहेको रत्न मन्दिर (राजदरबार) आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। गणतन्त्र दिवसको अवसर पारेर संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले खुला गरेका हुन्।

राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा २०१३ सालमा रत्नमन्दिर बनाएका थिए ।

२०६४ सालमा गणतन्त्र आएसँगै दरबार नेपाल ट्रस्टको स्वामित्वमा आएको थियो । नेपाल ट्रस्टको स्वामित्वमा आएको दरबारलाई शाहवंशीय राजाको इतिहास अध्ययन केन्द्रको साथै जैविक विविधता पार्कको रुपमा विकास गरी खुला गर्न पोखराका पर्यटन व्यवसायीले माग गर्दै आएका थिए ।

रत्नमन्दिर सर्वसाधारणका लागि आजदेखि खुला भएको नेपाल ट्रस्टका प्रवक्ता दिपकराज नेपालले जानकारी दिए । रत्न मन्दिर परिसरको २८ रोपनी क्षेत्रको अवलोकनका लागि मात्र दरबार खुला गरिएको हो।

प्रतिक्रिया