राष्ट्रपतिको आममाफीसँगै जेलबाट छुटे रेशम
काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुटेका छन् । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरी ६ वर्षअघि जेल परेका थिए ।
उनी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएका हुन् । उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, नेतृ एलिजा गौतमसहित सयौं नेता कार्यकर्ता, शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए ।
गणतन्त्र दिवसको अवसरमा चाैधरीसहित अन्य ४ सय ८२ कैदीको सजाय मिनाह भएर जेलबाट छुटेका छन् ।