वीरेन्द्रनगरमा असार १ गतेदेखि नगर बस सञ्चालन हुने
सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकाले नगर बस सञ्चालन गर्ने भएको हो । वर्षौँदेखि सञ्चालन गर्ने भनेको नगर बस शुक्रबार देखि सञ्चालन हुने भएको हो ।
नगर बस संयुक्त यातायात प्रा.लि ले सञ्चालन गर्न लागेको हो । वीरेन्द्रनगरमा सर्वसाधारणलाई आवतजावतमा सहजता ल्याउनका लागि आफ्नै नगर बस सञ्चालन गर्न लागिएको संयुक्त यातायातले जनाएको छ ।
पहिलो चरणमा १० वटा फोर्स गाडीबाट वीरेन्द्रनगर उपत्यकामा रुटमा सेवा सुचारु गर्न लागिएको सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले जानकारी दिए ।
उनका अनुसार दोस्रो चरणमा नगर क्षेत्रका भित्री सडकहरूमा बस सञ्चालन गरिने छ ।