एमाले अध्यक्ष ओलीलाई भेट्न चिनियाँ राजदूत छन् बालकोटमा

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गर‍ेका छन्।

राजदूत सोङ एमाले अध्यक्ष ओलीलाई भेट्न सोमबार बालकोट पुगेका थिए। भेटका क्रममा उनीहरू बीच द्विपक्षीय सम्बन्ध, बिआरआई परियोजना लगायतका विषयमा छलफल भएको थियो।

राजदूत छनले यसैसाता पोखरामा ड्रायगन बोट फेस्टिबलमा सहभागी हुन अध्यक्ष ओलीलाई निम्तो दिएको स्रोतले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *