तनहुँमा पहिरो : एकको मृत्यु, दुई जना घाइते


तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका-१ माथिल्लो गुणादीमा सोमबार साँझ पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिल्ला झापा शिवशताक्षी नगरपालिका-७ का ३३ वर्षीय भीम भुजेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साँझ ४ बजेदेखि परेको वर्षाका कारण काम गरिरहेका मजदुर घाइते भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया