दुबई जान लागेका लिम्बु साढे ५ किलो चरेससहित विमानस्थलबाट पक्राउ

काठमाडौं – एयर इन्डियाको विमानबाट कोलकत्ता हुँदै दुबई जान लागेका एक जना साढे ५ किलो लागुऔषध चरेससहित पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले झापा भद्रपुरका २५ वर्षीय सुमन लिम्बुलाई पक्राउ गरेको हो।

चेकजाँचका क्रममा प्रहरीले बिहीबार अपरान्ह लिम्बुलाई पक्राउ गरेको हो।

उनी १०८९३५४१ नम्बरको राहदानीबाट दुबई जान लागेका थिए। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *