नागरिकता ऐन कार्यान्वयन हुने, वंशजको आधारमा नागरिकता पाउने

काठमाडौं – सर्वोच्च अदालतले नागरिकता विधयेक प्रमाणीकरणसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

यससँगै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐन कार्यान्वयन हुने बाटो खुलेको छ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरित प्रमाणीकरण गरेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गरेका थिए।

अब जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूको सन्तानले वंशजको आधारमा नागरिकता पाउन बाटो खुलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *