पूर्वबैंकर अनिलकेशरी शाह रास्वपामा


काठमाडौं – पूर्वबैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा प्रवेश गरेका छन् । उनलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । बिहीबार बालाजुस्थित पार्टीको नयाँ केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनी रास्वपा प्रवेश गरेका हुन् ।

शाह लामो समयसम्म नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत रहेर काम गरेका व्यक्ति हुन् । साथै उनी बीचमा केही समय मेगा बैंकमा समेत आबद्ध थिए । शाहले नेपालीमा नेतृत्व विकासका लागि सीप प्रयोग गर्न आफू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको बताए ।

रास्वपा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपा र आफ्नो सोच मिलेको पनि बताए । ‘बैङ्किङ करिअर छाडेपछि मैले नेतृत्व विकासको तालिम दिइरहेको थिएँ’, उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीसँग मेरो लामो बहस भयो। बहसपछि मलाई लाग्यो, उहाँहरूको सोच र मेरो सोच ठ्याक्कै मिल्यो।’

प्रतिक्रिया