पिएसजीमा लुइस एनरिक मुख्य प्रशिक्षक नियुक्त


काठमाडौं – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी)को मुख्य प्रशिक्षकमा लुइस एनरिक नियुक्त भएका छन् ।

बुधबार क्रिस्टोफ गाल्तिएरलाई बर्खास्त गरेसँगै पिएसजीले स्पेन र बार्सिलोनाका पूर्वप्रशिक्षक एनरिकलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । ५३ वर्षीय एनरिकलाई २ वर्षका लागि जिम्मेवारी दिइएको छ ।

पीएसजीले पछिल्ला पाँच वर्षमा तीन प्रशिक्षक फेरेको छ । क्लबले गत सिजन कीर्तिमानी ११औं पटक लिग उपाधि जितेको थियो । तर च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा बायर्न म्युनिखसँग पराजित बनेको थियो । स्टार खेलाडीले क्लब भरिए पनि च्याम्पियन्स लिगको उपाधि जित्न नसकेपछि पिएसजीले मुख्य प्रशिक्षक परिवर्तन गरिरहेको छ ।

एनरिकले सन् २०२२ को विश्वकपमा स्पेन अन्तिम १६ बाटै बाहिरिएपछि प्रशिक्षकको भूमिकाबाट राजीनामा दिएका थिए । तर, उनको क्लब इतहास भने राम्रो छ । बार्सिलोनामा पहिलो सिजन बिताएका एनरिकले ला लिगासँगै, कोपा डेल रे र च्याम्पियन्स लिगको ट्रेबल उपाधि जितेका थिए ।

प्रतिक्रिया