किशोरीलाई जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ


काठमाडौं – देशका विभिन्न स्थानबाट बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । बाग्लुङ र रुपन्देहीबाट बलात्कार आरोपमा एक एक जना पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाग्लुङ निसीखोला गाउँपालिका ४ जाडेपा बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई सोही गाउँपालिका ४ जाडेपास्थित पानीखोला जंगलमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय झिवाखोलाबाट खटिएको प्रहरीले किशोरलाई पक्राउ गरेको हो ।

त्यसैगरी, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देही बुटवल उपमहानगरपालिका ११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियारलाई प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई परियारले बालिकाकै घरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्रउ गरेको हो ।

प्रतिक्रिया