जबरजस्तीकरणी गरेको अभियोगमा १ जना पक्राउ
बाग्लुङ – जबरजस्ती करणी गरेको अभियोगमा गुल्मीको कालिगण्डकी गाउँपालिका–७ छापचौर बस्ने २८ वर्षीय बिमल हमाललाई प्रहरीले पक्राउ गरेको छ ।
हमालले २० वर्षीया महिलालाई बागलुङ नगरपालिका-१ मालढुंगास्थित जंगलमा सोमवार जबरजस्ती गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
हमालले जैमिनी नगरपालिका-४ रातोबारी बस्ने यामबहादुर क्षेत्रीको घरबाट विभिन्न सुनका गरगहना र नगद चोरी गरेको खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।