महाकालीमा पानीको सतह बढ्यो, नाघ्यो सतर्कताको विन्दु

महेन्द्रनगर – महाकाली नदीमा पानीको सतहले सतर्कता विन्दु नाघेको छ। पानीले सतर्कता बिन्दु नाघेपछि बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द गरिएको छ।

पुल जीर्ण भइसकेकाले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेकभन्दा माथि नाघेपछि बनबासा पुलमा सवारीसाधन आवतजावतमा बन्देज लगाउँदै आइएको छ।

शारदा ब्यारेजको बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द भएपछि नेपाल–भारतमैत्री बस सेवा अन्तर्गत महेन्द्रनगरबाट हरिद्वार र दिल्ली चल्ने बस यतिबेला पुलको वारी नै रोकिएका छन्।

आज बिहान १० बजेदेखि महाकाली नदीको जलस्तर बठ्न सुरु भएकोमा साँझ ४ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ६३ हजार ९ सय ५० क्युसेक पुगेको छ। अहिले पनि जलस्तर बढ्नेक्रममै रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *