लमजुङको नेटामा एम्बुलेन्स र बर्थिङ्ग सेन्टर सुरू


काठमाडाैं – लमजुङको नेटामा बर्थिङ्ग सेन्टर सुरु भएको छ । आज (आइतबार) मध्यनेपाल नगरपालिका – १० नेटामा एम्बुलेन्स हस्तान्तरण र बर्थिङ्ग सेन्टरको सुरुवात भएको हो ।

मध्यनेपाल नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख रमेशकुमार पाण्डेले एम्बुलेन्स हस्तान्तरण गर्नुका साथै नेटा स्वास्थ्य चाैकीमा सुरु भएको बर्थिङ सेन्टरको उद्घाटनसमेत गरेका थिए ।

‘यो एम्बुलेन्सले दिन दुखीलाई सेवा प्रदान गर्नेछ, साथै सुत्केरी महिलाहरूलाई मध्यनेपाल भित्र बच्चा जन्माउन नसक्ने अवस्था भएमा अस्पताल लाने र ल्याउने खर्च सबै नगर प्रमुख तथा आमा सुरक्षा कार्यक्रमबाट बेहोरिने उनले बताए ।

कार्यक्रममा वडा नम्वर १० का अध्यक्ष रामचन्द्र भण्डारी र नेटा स्वास्थ्य चौकी प्रमुख बिन्दु दुरालगायतको उपस्थिति थियो । गाउँमै एम्बुलेन्स र बर्थिङ सेन्टर खुलेपछि स्थानीयमा खुसीयाली छाएको छ ।

प्रतिक्रिया