लागुऔषधसहित एकजना पक्राउ


सप्तरी – कञ्चनरूप नगरपालिका–१ बैरवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३५ मिलिग्रामसहित तिरहुत गाउँपालिका- १ बस्ने २२ वर्षीय राधेश्याम साहलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले प्र २–०१–००१ प ३२६२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया