नेकपा एसको सचिवालय बैठक जारी


काठमाडौं – सत्तारुढ नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा केन्द्रीय सचिवालय शनिबार अपरान्ह केन्द्रीय सचिवालय बैठक बसेको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संगठन सुदृढीकरण अभियान लगायतका विविध कार्ययोजनामा छलफल हुने बताएको छ । अध्यक्ष माधवकुमार नेपाल युरोप भ्रमणबाट फर्किएपछि पहिलोपल्ट सचिवालय बैठक बसेको हो ।

युरोप भ्रमणमा गए लगत्तै अध्यक्ष नेपालमाथि पनि अनुसन्धानको बाटो खुला गर्ने गरी सर्वोच्च अदालतले आदेश दिएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोधपुछ समेत नगरी मुद्दाको फाइल सरकारी वकिल कहाँ बुझाउने तयारी गरेको छ । नेपालमाथि उठेको यो प्रश्नबारे आजको बैठकमा छलफल हुने बुझिएको छ ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक पटक संसदमा गर्दै आएको अवरोध अन्त्यका लागि खेल्नुपर्ने भूमिकाका विषयमा पनि छलफल हुने नेताहरूले जानकारी दिएका छन् । विमानस्थल परिसरबाट बरामद भएको एक क्विन्टल सुन प्रकरणमा एमालेले गत १० साउनदेखि संसद् बैठकमा अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया