लमजुङमा रास्वपाका धर्मराज केसी विजयी
काठमाडाैं – प्रतिनिधिसभा सदस्य चुनावमा लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धर्मराज केसीले ३३ हजार ८९८ मत ल्याएर विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले १६ हजार ८७६ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका गमप्रसाद गुरुङ १६ हजार ५६९ मत प्राप्त गरेका छन् ।
