लमजुङमा रास्वपाको अग्रता कायमै, नाै हजार बढीको मतान्तर
काठमाडाैं – प्रतिनिधि सभा सदस्य निर्वाचनमा लमजुङको मतगणना जारी छ । मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धर्मराज केसी फराकिलो मतान्तर सहित अगाडी छन् ।
पछिल्लो अपडेट अनुसार रास्वपाका धर्मराज केसी अग्रस्थानमा देखिएका छन् । हालसम्मको मतपरिणाम अनुसार उनले २० हजार ५१७ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङले १० हजार ०९१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गमप्रसाद गुरुङ ११ हजार ४२१ मत पाएका छन्।
