समानुपातिक प्रणालीमा पनि रास्वपाको अग्रता, राप्रपा तेस्रोमा
काठमाडाैं – प्रतिनिधिसभा समानुपातिक प्रणालीतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि देखिएको छ । राप्रपा तेस्रो स्थानमा छ ।
अहिले सम्मको गणनामा रास्वपा २२ हजार ४ सय ४२ मतसहित सबैभन्दा अगाडि भइरहँदा एमालेको २ हजार ९ सय ९० मत रहको छ । नेपाली कांग्रेस ७ हजार ५ सय ५ मतसहित दोस्रोमा छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ हजार १ सय ६९ मतसहित तेस्रोमा छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को ९ सय ५१ मत रहेको छ । श्रम संस्कृति पार्टीको ९ सय ६० मत रहेको छ ।
