रुकुमपूर्वमा भेटिएको सकेट बम सेनाद्वारा निष्क्रिय

रुकुमपूर्व – रुकुम(पूर्व) मा भेटिएको सकेट बम डिस्पोज गरिएको छ। जिल्लाको सिस्ने गाउँपालिका–५ रुमालबार स्थित नेपाल टेलिकमको टावर नजिकै भेटिएको सकेट बमलाई नेपाली सेनाले निष्क्रिय पारेको हो।

नेपाल टेलिकमको टावरभन्दा अनुमानित १०० मिटर तलपट्टी रहेको जंगलमा बम फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी निरीक्षक गणेश पाण्डेले बताए। सिस्ने गाउँपालिका- ५ टाकुरा निवासी भूपू सैनिक चन्द्रबहादुर थापाले बाटो हिँड्ने क्रममा सोमबार बमजस्तो देखिने कुरा फेला पारेका थिए। उनले त्यसपछि प्रहरीलाई खबर गरेका हुन।

खबर पाएलगतै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। नेपाली सेनाले त्यहाँ भेटिएको वस्तु पुरानो सकेट बम नै रहेको प्रमाणित गरेको प्रहरी निरीक्षक पाण्डेले बताए। त्यो बम जनयुद्धकालमा राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *