पाँच वर्ष नै आफू सत्ताबाट हट्नु नपर्ने अवस्था बन्दै गएको छ : प्रधानमन्त्री


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू पाँच वर्ष नै सत्ताबाट हट्नु नपर्ने अवस्था बन्दै गएको बताएका छन् ।

काठमाडौंको चन्द्रागिरीमा आज (शनिबार) आयोजित पार्टीको विशेष रुपान्तरण अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूले अहिले गरिरहेको कामका कारण त्यस्तो परिस्थिति बन्दै गएको बताए ।

‘३२ सिटको नेता भएकाले प्रधानमन्त्री बन्दै गर्दा कति दिन रहने हो भन्ने थियो । १५ दिन, एक महिना, २ महिना जति दिन रहन्छु राष्ट्र र जनताको पक्षमा इमानदार भएर काम गर्नेछु र मलाइ जसले हटाउने छन् तिनकाविरुद्ध जनताको बीचमा गएर आन्दोलनको नेतृत्व गर्नेछु भन्ने संकल्पसहित काम गरेको थिएँ’ प्रचण्डले भने, ‘तर अहिले आठ महिना हुँदैछ म त हट्न परेको छैन । मलाई लाग्छ सायद पाँचै वर्ष हट्न पर्दैन जस्तो देख्दैछु मैले । जनताको साथ समर्थन प्राप्त हुँदै गयो भने हाम्रो गठबन्धन पाँचै वर्ष चल्छ ।’

उनले संख्याको बलमा आफू प्रधानमन्त्री नभएको पनि बताएका छन् ।

प्रतिक्रिया