‘टाइगर ३’ को फस्ट लुक पोस्टर सार्वजनिक


मुम्बई – सलमान खान र कट्रिना कैफको बहुप्रतिक्षित फिल्म ‘टाइगर ३’ को पहिलो पोस्टर सार्वजनिक गरेको छ । फ्यानहरूलाई ठूलो ट्रीट दिँदै निर्माण पक्षले शनिबार फिल्मको पहिलो पोस्टरसँगै रिलिज मिति पनि रिलिज गरेका छन् ।

सलमान खानले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा टाइगर-३ को फर्स्ट लुक पोस्टर रिलिज गरेका छन् र फिल्मको रिलिज मिति पनि घोषणा गरेका छन्।

सलमान खानले ट्वीट गरेका छन्, ‘आ रहा हु, टाइगर ३’ २०२३ को दिवालीमा। वाईआरएफ ५० सँग टाइगर-३, नजिकैको ठूलो पर्दामा मात्र मनाउनुहोस्। हिन्दी, तमिल र तेलुगुमा रिलिज हुँदैछ।’

पोस्टरमा सलमान र कट्रिना दुवैलाई बन्दुक बोकेको ड्यासिङ अवतारमा देख्न सकिन्छ । यो पोस्टर हेर्दा ‘टाइगर’ को पहिलो दुई किस्ताभन्दा ‘टाइगर ३’ ठूलो र भव्य फ्रेन्चाइज हुने पक्का छ ।

टाइगर-३ लोकप्रिय वाईआरएफ स्पाई युनिभर्स को पाँचौं फिल्म हो  । र, छ वर्षपछि सलमान र कट्रिना, टाइगर र जोयाको रूपमा कमब्याक गर्दैछन्। अब आगामी फिल्मले विगतका फिल्मको कीर्तिमान तोड्छ कि गर्दैन त्यो हेर्नु चासोको विषय हो ।

प्रतिक्रिया