यही भदौ २५ गतेदेखि ‘बुस्टर डोज’ अभियान

काठमाडौं – जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले कोरोना भाइरस विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ। स्वास्थ्य कार्यालय सूचना अधिकारी अन्जना खड्काले कोरोना भाइरस विरुद्धको बुस्टर डोज धेरै मानिसहरुले लगाउन छुटेकाले पुनः अभियान सञ्चालन गर्न थालिएको जानकारी दिए।

कार्यालयले स्थानीय तहसँगको छलफलपछि खोप अभियान सञ्चालन गर्न लागिएको हो। उनका अनुसार अभियान यही भदौ २५ देखि ३० गतेसम्म सञ्चालन हुनेछ छ।

यसअघि ‘बुस्टर डोज’ लगाउन छुटेकाले लगाउन बाँकी रहेकाले यही भदौ ५ देखि भदौ ११ गतेसम्म सञ्चालन गरिएको थियो। कार्यालयका खोप फोकल पर्सन तुलसी सुवेदीका अनुसार अहिले पनि अभियानका क्रममा खोप लगाउन छुटेका १२ वर्षदेखि माथिका सबैलाई पहिलो, दोस्रो मात्राको साथै पहिलो बुस्टर डोज र दोस्रो बुस्टर डोज लगाइनेछ। उनले दोस्रो बुस्टर लगाउने संख्या कम भएकाले पनि अभियान सञ्चालन गर्नुपरेको बताए।

बुस्टर डोज लगाउन छुट भएकालाई खोप लगाउन आग्रह गरिएको छ। कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थाहरु, सामुदायिक विद्यालय, नगर अस्पतालहरु र सरकारी तथा गैरसरकारी अस्पतालमा खोप लगाइनेछ।

यसअघि नियमित रुपमा कार्यालयले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पतालबाट खोप उपलब्ध गराउँदै आएको थियो।

अहिले कोरोना भाइरसको संक्रमण ह्वात्तै घटेको छ। हिजो भदौ १७ गते एक सय २८ जनामा गरिएकामा परीक्षणमा संक्रमित संख्या शून्य रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *