अर्घाखाँचीमा चट्याङ : एकको मृत्यु, ४ जना गम्भीर घाइते

अर्घाखाँची – अर्घाखाँची मालारानीको गोखुंगामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। आज दिउँसो परेको चट्याङ लागेर ४ जना गम्भीर घाइते भएका छन्।

मालारानी गाउँपालिका-९ गोखुंगा सेपानेमा दिउँसो साढे २ बजेको समयमा परेको चट्याङले स्थानीय २० वर्षीय मिलन खनालको मृत्यु भएको हो।

उपचारका लागि अर्घाखाँची अस्पताल सन्धिखर्कमा ल्याइएकोमा उपचारका क्रममा खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी मुकुन्द रिजालले बताए।

चट्याङ लागेर गम्भीर घाइते भएका दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादर पुन र लिलबहादुर पुन ४ जनालाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल रिफर गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *