समयमा शुरु हुन सकेन भारत र पाकिस्तानबीचको खेल


काठमाडौं – एशिया कप अन्तर्गत सुपर फोर अन्तर्गतको आइतबार रोकिएको भारत र पाकिस्तानबीचको खेल आज पनि समयमा शुरु नहुने भएको छ । श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा निरन्तर वर्षा भएपछि आज ‘रिजर्भ डे’ मा पनि खेल समयमा सुचारु हुन नसकेको हो ।

आइतबार २४.१ ओभर मात्र खेलपछि वर्षा भएपछि खेल रोकिएको थियो । आज पनि खेल हुन नसकेमा दुवै देशले एक एक अंक बाँड्ने छन् ।यस खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको भारतले २४.१ ओभरमा २ विकेट गुमाउदै १४७ रन बनाएपछि खेल रोकिएको थियो ।

भारतका लागि अहिले केएल राहुल १७ र विराट कोहली ८ रन बनाएर खेलिरहेका छन् । यस अघि भारतका कप्तान रोहित शर्माले ५६ र शुभमन गीलले ५८ रन बनाएर आउट भएका थिए । त्यस्तै पाकिस्तानका बलर शाहिन शाह अफ्रिदी र शडाब खानले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया