एमाले कोशी अधिवेशन : अध्यक्षमा विनोद र घनश्यामको उम्मेदवारी दर्ता


विराटनगर – नेकपा एमाले कोशी प्रदेशको अधिवेशन अन्तर्गत अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गरेका छन् ।

सहमतिको प्रयास असफल भएपछि दुवै नेताले उम्मेदवारी दर्ता गरेका हुन् । ढकालको समर्थकमा मुकेश बुढाथोकी र प्रस्तावक महेश भट्टराई छन् ।

खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल र समर्थकमा छत्रपति प्याकुरेल छन् । २१५ सदस्यीय कार्यसमितिका लागि आइतबार मतदान हुनेछ ।

प्रतिक्रिया