साफ यू-१९ च्याम्पियनसिपको उपाधि यसपटक पनि भारतलाई


काठमाडौं – भारतले यू-१९ साफ च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार दशरथ रंगशालामा सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ३-० गोल अन्तरले पराजित गर्दै यू-१९ साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

भारतको जितमा मागलेन्थांग किप्लेंगले २ गोल गरेका थिए भने एक गोल गग्वाम्सर गोयारीले गरेका थिए । किप्लेंगले खेलको ६४औँ र ८५औं मिनेटमा गोल गरेका थिए भने गोयारीले खेलको ९४औं मिनेटमा गोल गरेका थिए ।

योसँगै भारतले लगातार तेस्रो पटक साफ यू-१९ को उपाधि जितेको छ । यसअघि भारतले २०१९ र २०२२ मा यो उपाधि जितेको थियो ।

त्यस्तै पहिलो पटक साफ यू-१९ च्याम्पियनसिपमा भाग लिएको पाकिस्तान भने उपविजेता बनेको छ । यस खेलमा पाकिस्तानका अलि जफरले खेलको ९७औं मिनेटमा दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाउदै मैदान छोडेका थिए ।

यस प्रतियोगितामा नेपाल भने सेमिफाइनलमा भारतसँग पेनाल्टी सुटआउटमा पराजित हुदै बाहिरिएको थियो ।

प्रतिक्रिया