पोखरामा शुक्रवारदेखि पुष्प मेला हुने


काठमाडाैं – पोखरामा ‘सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला-२०८०’ हुने भएको छ । फ्लोरीकल्चर एसोेसिएसन नेपाल जिल्ला समिति कास्कीले गर्ने मेला पर्सि १७ गतेदेखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुनेछ ।

पुष्प व्यवसायको विस्तार तथा बजार प्रवर्द्धन गर्ने उद्देश्यले मेला गर्न लागिएको फ्लोरीकल्चर एसोसियसन नेपाल जिल्ला समिति कास्कीका अध्यक्ष डिलबहादुर गुरुङले बताए । उनका अनुसार मेलामा फूलका २०, कृषिका तीन र सूचनामूलक एक गरी २४ प्रदर्शनीकक्ष रहनेछन् ।

ललितपुरको जावलाखेलमा भने हिजोदेखि पुष्प मेला भइरहेको छ । आउँदो शनिवारसम्म चल्ने मेलामा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन र एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए।

प्रतिक्रिया