पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षाको सम्भावना

धान नकाट्न मौसमविद्को सुझाव

काठमाडाैं – नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि र पर्सि दिउँसो पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

वर्षाको सम्भावना रहेकाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ। अहिले पहाडी क्षेत्रका किसान धान काट्न र भित्र्याउन व्यस्त छन् ।

वर्षाले काटेको धानमा असर पर्न सक्ने भन्दै मौसमविद्ले भोलि र पर्सि धान नकाट्न र काटेको भए भित्र्याइहाल्न सुझाव दिएका छन् । मौसमविद्का अनुसार आजको मौसम भने सामान्यतया सफा नै रहने छ । तर, पहाडी क्षेत्रमा भने दिउँसो पछि आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *