अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

अमेरिका पठाइदिन्छु भन्दै ८ लाख रूपैयाँ ठगी गरेको अभियोगमा बर्दिया मधुवन नगरपालिका-६ घर भई ललितपुर गोदावारी नगरपालिका-१० बस्ने ३० वर्षीय अभिषेक श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले एक जनालाई अमेरिका पठाई प्रतिष्ठित होटलमा मासिक ३ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुलेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर लगनखेलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *