श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ


कास्की – आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका-२९ नौबीसे बस्ने म्याग्दी धौलागिरी गाउँपालिका-७ ताकम घर भएका ३६ वर्षीय रत्न बहादुर घर्तीलाई आफ्नै श्रीमती २८ वर्षीया रेखा घर्तीको हत्या गरेको अभियोगमा बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

रत्नले पोखरा महानगरपालिका-२९ नौबीसे चोकस्थित तोरी बारीमा रेखाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कर्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया