मुख्यमन्त्रीहरुद्वारा सङ्घीयता कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण


काठमाडाैं – सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् । भेटका क्रममा उनीहरुले सङ्घीयता कार्यान्वयनको लागि अधिकार माग्दै प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएका छन् ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनीहरुले नौ बुँदे निर्णय बुझाउँदै ध्यानाकर्षण गराएका हुन् ।

हिजो मकवानपुरको हेटौँडामा भएको मुख्यमन्त्रीहरुको भेलाले गरेको निर्णयअनुसार सङ्घीयता कार्यान्वयन र संविधानमा प्रदत्त अधिकार प्रदेश सरकारलाई दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत सहभागी भेटमा मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई साझा अवधारणापत्र बुझाएका हुन् । पहिले पोखरामा भएको निर्णय पनि कार्यान्वयन नभएको र अहिलेको यो नौ बुँदे साझा अवधारणापत्रलाई त्यसैगरी बेवास्ता नगर्न पनि उनीहरुले भनेका छन् ।

प्रतिक्रिया