शनिवारको दिन गर्न हुँदैन यस्ता काम


काठमाडाैं – शनिवारको दिन शनिदेवको विशेष दिन हो । शनिदेवलाई न्यायका देवता मानिन्छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यस दिन सर्सिउको तेल, कालो तिल आदि चढाइन्छ ।

ज्योतिषीय मान्यता अनुसार  शनिवारका दिन आफ्नो आमा बुवासँग छुटेर यात्रा नगर्ने, यस्तै विवाहित महिला माइतबाट घर फर्किनु पनि हुँदैन । शनिवार उत्तर र उत्तर पूर्व दिशाको यात्रा गर्न बर्जित गरिएको छ ।

यस्तै कोइला, नुन, तेल, फलाम र काठबाट बनेका सामग्री पनि खरिद गर्नुहुँदैन । पैँचो, उपहार वा सापटी कुनै पनि रुपमा नुन नल्याउनुहोस् । यसले घरमा दरिद्रतालाई निम्ता दिन्छ ।

शनिवार दुध तथा दहि नखाने, खानै परेमा थोरै सख्खर, गुड वा बेसार मिसाएर खान सकिने शास्त्रीय मान्यता छ । अमिलो फल तथा रातो खुर्सानी नखानुहोस् किनकी शनि देव यस्तो चिजको विरोधी हुन् । शनिवारका दिन कालो वा हरियो खुर्सानीको प्रयोग गर्नु उपयुक्त हुन्छ । यस्तै रक्सी पिउनाले कुन्डलीको शुभ फल प्राप्त हुँदैन ।

शनिवारका दिन दीन दुखी, गरिब र अपांगको मजाक उडाउने, होच्याउने वा झै-झगडा गर्नु हुँदैन । कुकुरलाई पिडा र दुःख दिँदा तपाई विभिन्न किसिमका दुःख पर्न/आउँन सक्छ ।

यस्तै शनिवार दाह्री, कपाल तथा नङ काट्नु हुँदैन, शनिदोष लाग्न सक्छ । यस्तै जुत्ता चप्पल पनि शनिबार पनि किन्नु हुँदैन । यसले तपाईलाई नोक्सानी पर्‍याउछ ।

के गर्ने ?

शनिवारको दिन साझ पिपलको जरामा जल चढाउने र तोरीको तेलको दियो बाल्ने गर्नाले धनधान्य र लाभले पुर्ण हुने शास्त्रीय मान्यता छ ।

प्रतिक्रिया