पशुपति क्षेत्रका बारमा सुकाएका कपडा महानगर प्रहरीले हटायो
काठमाडौं – पशुपतिनाथ मन्दिर क्षेत्रमा सुकाइएको कपडाहरू काठमाडौं महानगरपालिकाले हटाएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ९ तिलगंगामा भारतीय तीर्थ यात्रीहरूले सुकाएका लुगाफाटा महानगर प्रहरीले हटाएको हो ।
पशुपति क्षेत्र विकास कोषको बारमा भारतीय तीर्थ यात्रीहरूले आफ्ना कपडाटाहरू सुकाएका थिए । धार्मिक क्षेत्रमा लुगाफाटा सुकाउँदा अशोभनीय देखिएको भन्दै महानगरले ती लुगाफाटा हटाएको हो ।